देउवाका कारण पार्टी अस्थित्व धरापमा : पौडेल

0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा सोमबार विहान एक पोष्ट गर्दै सभापति तथा प्रधानमन्त्री देउवाले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

पौडेलले चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनुभएको छ ।

पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उनको टिप्पणी छ ।
देउवालाई सङ्केत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.