सोमबारदेखि जेष्ठ नागरिकलाई एस्ट्राजेनेका खोप दिइँदै

0

काठमाडौं : सरकारले सोमबारदेखि जेष्ठ नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध एस्ट्राजेनेका खोप दिने भएको छ ।

जापान र भुटान सरकारबाट प्राप्त खोप पहिलो मात्रा कोभिशिल्ड लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका १३ लाख ६४ हजार ज्येष्ठ नागरिकलाई खोप दिन लागिएको हो ।

फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा खोप लगाएका ती ज्येष्ठ नागरिकले करिब २३ हप्तापछि दोस्रो मात्रा खोप प्राप्त गर्न लागेका हुन् ।

शनिबारदेखि नै खोप प्रदेशमा पनि पठाउन थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापानले दिने १५ लाख ६८ हजार मात्रा खोपमध्ये पाँच लाख १३ हजार ४ सय २० मात्रा खोप शनिबार नेपाल आइपुगेको थियो । भुटानले शुक्रवार नेपाललाई दुई लाख ३० हजार एस्ट्राजेनेका खोप दिएको छ ।

वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई पनि एस्ट्राजेनेका खोप दिइने छ ।

नेपालमा शनिबारसम्म २३ लाख ५९ हजारभन्दा बढी मानिसले पूर्ण मात्रा खोप लगाएका छन् भने ४४ लाखभन्दा बढीले एक मात्रा खोप लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.