कैलालीमा कर्फ्यु हटयो, निषेधाज्ञा जारी

0

कैलाली, ५ भदौ । कैलालीको टीकापुर नगरपालिका र दुर्गौली गाविसमा शुक्रबार राती ९ बजेबाट लगाइएको कर्फ्यु बिहान ६ बजेबाट हटाइएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरहरुको मोटरसाईकल र्‍यालीमाथि थरुहट पक्षधरले दुर्गौली गाविसमा अवरोध गरेपछि उत्पन्न तनाव मत्थर नभएपछि स्थानीय प्रशासनले टीकापुरमा कर्फ्यु जारी गरेको थियो ।
कर्फ्यु हटाएपनि फेरी झडप हुन सक्ने भन्दै शनिबार ६ बजेदेखि साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा कुनै पनि प्रकारको सभा, सम्मेलन, र्‍याली र समूहमा बस्न रोक लगाइएको छ । बजार भने खुलेको छ । शुक्रबारदेखि नै टीकापुर र आसपासका गाविसमा स्थिति तनावपूर्ण बनेको हो । त्यहाँ ठूलो मात्रामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.