सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न डब्लुएचओको आग्रह

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न आग्रह गरेको छ । बुस्टर डोजले कोरोना भाइरसको संक्रमणलाई रोक्छ भन्ने कुनै पुष्टि नभएकाले हतार नगर्न डब्लुएचओले आग्रह गरेको हो ।

विश्वमा अहिले कोरोनाको डेल्टा भेरियन्टको संक्रमण फैलिँदै गएपछि बुस्टर डोजमा धनी राष्ट्रहरुको ध्यान केन्द्रित गरेको समयमा डब्लुएचओको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

इजरायल, जर्मनीलगायत केही देशले बुस्टर डोज लगाउने योजना समेत सार्वजनिक गरिसकेका छन् । तर हैटी, कङ्गोका नागरिकले अहिलेसम्म खोपको दोस्रो डोज पनि नपाएको डब्लुएचओले जनाएको छ ।

डब्ल्यूएचओले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले आयस्रोत कम भएका गरिब देश खोपको आपूर्ति गर्न नसक्दा समस्यामा परेको जनाएको छ ।

आउँदो सेप्टेम्बरसम्ममा गरिब देशका १० प्रतिशत नागरिकलाई खोप वितरणका लागि सहयोग गर्न पनि उसले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.