आजदेखि खोप लगाएका नेपालीलाई यूएईमा प्रवेश खुला

0

काठमाडौं : संयुक्त अरब इमिरेट्स ‘यूएई’ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको हो ।

त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश भने पाउनेछन् । उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ ।

त्यसरी यूएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.