कांग्रेस क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुंग्याउने सहमति

0

काठमाडौं : नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बुधबार भएको छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच सहमति जुटेको हो ।

बैठकमा अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल भएको नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा नेताहरुबीच १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल भएको नेता लेखकले बताए ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६देखि १९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ ।

Leave A Reply

Your email address will not be published.