जापानले अनुदानमा दिने कोरोनाविरुद्धको खोप शनिबार काठमाडौं आइपुग्ने

0

काठमाडौं : जापान सरकारले नेपाललाई दिने भनेको झण्डै १६ लाख डोज कोभिड १९ विरुद्धको खोप शनिबार काठमाडौ आइपुग्ने भएको छ ।

जापानले पठाउन लागेको अस्ट्राजेनिका खोप यस पटक दुई चरणमा गरी काठमाडौँ आइपुग्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झण्डै १६ लाख डोजमध्ये आधा खोप शनिबार र आइतबार काठमाडौं पठाउने जानकारी नेपालस्थित जापानी राजदूतले गराएको हो ।

दूतावासले महामारीका समयमा जापानी दूतावासले बढीभन्दा बढी जीवन जोगाउन नेपाल सरकारसँग मिलेर काम गरिरहेको पनि जनाएको छ ।

जापानले उपलब्ध गराएको खोप सरकारले यसअघि पहिलो मात्रा कोभिशिल्ड लगाएका जेष्ठ नागरिकलाई उपलब्ध गराउने तयारी गरेको छ ।

यो खोप कोभिशील्डको पहिलो मात्रा लगाएका १३ लाख ४८ हजार ज्येष्ठ नागरिकलाई तीन दिनभित्र वितरण गरिने बताइएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप प्राप्त भएको तीन दिनभित्र दोस्रो डोज कोभिशील्डको प्रतिक्षामा रहेका ज्येष्ठ नागरिकलाई तीन दिनभित्र खोप वितरण गरिने प्रतिवद्धता हालै सार्वजनिक गरेका थिए ।

Leave A Reply

Your email address will not be published.