एनआरएनए साइप्रसको अध्यक्षमा कुन्दन कार्की बिजयी

0

गैर आबासीय नेपाली संघ साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्बाचित हुनु भएकोछ । अनलाइन प्रबिधीबाट सोमबार र मंगलबार भएको निर्वाचनको बुधवार जारी परिणाम अनुसार कार्कीले २४० मत पाएर बिजयी हुँदा अध्यक्ष पदको अर्को उम्मेद्वार सरस्वती खनालले ९२ मत मात्र पाउनु भयो ।

एनआरएनए साइप्रसको निर्वाचनमा अध्यक्ष र ७ कार्यसमिती सदस्यको मात्र निर्वाचन भएको थियो । ७ सदस्य पदका लागि भएको निर्वाचनमा कल्पना कोइराला घिमिरे, कर्चुङ डोल्मा, बिन्दु दुलाल आचार्य, बिना थापा , नानु गुरुङ , प्रकाश बराइली र सुरज साहनी बिजयी भए ।

बरिष्ठ उपाध्यक्षमा किस्मत पौडेल, उपाध्यक्षमा राजन श्रेष्ठ र महिला उपाध्यक्षमा सितामाया तमाङ , महासचिबमा राधा पोख्रेल, कोषाध्यक्षमा सरु नेपाल , युबा संयोजकमा रबि प्रसाद चौरासिया र महिला संयोजकमा पिङला गौतम यस अघिनै निर्बिरोध निर्बाचित भैसक्नु भएकोछ । आइसिसी सदस्यमा सुबाश मल्ल पनि निर्बिरोध निर्बाचित हुनु भएकोछ ।

करीब १२ हजार नेपालीहरुको बसोबास रहेको पर्यटकीय देश साइप्रसमा कोरोनाको कारण धेरै नेपालीहरु समस्यामा रहेकाछन ।
नबनिर्बाचित अध्यक्ष कुन्दन कार्कीले चारदिशासँग कुरा गर्दै युरोप महादेशमा भएर पनि न्युनतम सेवा र सुबिधा पनि नपाएका नेपाली दाजुभाइ दिदीबहिनी र विद्यार्थीहरुको हक अधिकारको लागि आफुले कुनै कसर बाँकी नराखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.