अफगानिस्तानमा सेना र तालिबानबीच भीषण भिडन्त

0

एजेन्सी : तालिबान विद्रोही र अफगान सैनिकबीच दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमा भीषण युद्ध भएको छ । ग्रामीण इलाकापछि प्रमुख शहरी क्षेत्रमा आफ्नो पकड बनाउने प्रयासमा तालिबान विद्रोहीले सो शहरमा आक्रमण थालेका हुन् ।

तालिबानले सो शहरमा रहेको एक टेलिभिजन स्टेशन नियन्त्रणमा लिएका छन् । शहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । शहरको सबै क्षेत्रमा भिडन्त भइरहेको स्थानीय अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् ।

अहिलेसम्म तालिबानले कुनै पनि प्रान्तको राजधानीमा आफ्नो कब्जा जमाउन सकेको छैन । लश्कर गाह तालिबानको नियन्त्रणमा जाने पहिलो प्रान्तीय राजधानी बन्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानले लश्कर गाहसहित तीन प्रान्तीय राजधानीलाई निशाना बनाइरहेका छन् । उनीहरुले दोस्रो ठूलो शहर कान्दाहर नियन्त्रणमा लिने प्रयासमा भिडन्त गरिरहेका छन् । पश्चिमी शहर हेरातमा पनि उनीहरुले भिडन्त गरिरहेका छन् ।

अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिकहरु फिर्ता लैजान थालेपछि तालिबानको गतिविधि बढेको हो ।

Leave A Reply

Your email address will not be published.