मेलम्ची नदीमा निरन्तर बाढी, मेलम्ची बजारका सात घर बगायो

0

काठमाडौं : मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची नगरपालिका–एघार मेलम्ची बजारका सात घर बगाएको छ ।

मेलम्ची–एघार पिपलबोटका हरीशरण श्रेष्ठ सहितको छ र पुरानो बजारको एक घर बगाएको हो । असार एक को बाढीले डुबानमा परेका घर नदीले कटान गरेको प्रहरीले जानकारी दिएको छ ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर टहरा बगाइसकेको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र पचपन्न र तालामाराङ र मेलम्चीमा १२ घर टहरा बाढीले बगाइसकेको छ ।

चनौटे ग्याल्थुम र ढुंगे बजार, बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । असार एक गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार समेत जोखिममा परेको छ ।

Leave A Reply

Your email address will not be published.