एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज भेटवार्ता हुँदै

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने भएको छ । पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा दुई नेताबीच छलफल हुन लागेको हो ।

लामो समयदेखि एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका दुई नेता दोस्रो तहका नेताहरुको आग्रहपछि भेटका लागि तयार भएका हुन् ।

एमालेको विवाद समाधानका लागि गठन गरेको विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएको बताइएको छ ।

दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । भेटवार्तामा दुई नेताहरुबीच आन्तरिक विवादको न्यूनतम सहमतिका विषयमा छलफल हुने बताइएको छ ।

नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो ।

Leave A Reply

Your email address will not be published.