स्मार्ट एनआरएनएको MIS प्रक्रिया र यसको चुनौती

0

कृष्ण तिवारी कोनक्क , बेल्जियम ,

विभिन्न परिवेशबाट देश छाडि बिदेशी भुमिमा रहेका छौ । कोहि नेपाली नेपाली पासपोर्ट वा कोहि बिदेशी मुलुकको पासपोर्ट लिएर बसिरहेका हुन्छौ ।प्रवासमा रहेर सबैको चौतारीमा जमघट हुन र आफ्ना गतिबिधीहरु गैर आवासिय नेपालीको रुपमा दर्ज भएका छौ ।

बिश्व का थुप्रै देशमा एन आर एन ए को मुल नारा ” एक पटकको नेपाली सधैको नेपाली ” हुनु पर्छ भन्ने मान्यता राख्दै आएता पनि यो माग स्पष्ट रुपमा सम्बोधन हुन अहिले सम्म सकिरहेको छैन ।एन आरएनए संस्था समस्त मजदुर र आर्थिक अबस्था कमजोर हुनेका लागि आफ्नो पहुचको साझा बन्नु पर्छ तर यो हुन सकिरहेको छैन र यो हुन सकेमा मात्र यसको साख उचो रहन सक्छ ।

गैर आवासीय संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को केन्द्रिय नीति अनुरुपको स्मार्ट एन आर एन ए बनाउने अभियान मा MIS ” सदस्यता बितरण प्रकृया ” सिस्टमबाट सन्सार भरी छरिएर रहेका नेपालिहरुलाइ सदस्यता लिन र बन्न को लागि लागू गरिएको अनलाइन डाटा वेस प्रक्रिया कति सुरक्षित छ त ? यो बिषयमा बिगत देखि नै गम्भीर प्रश्नहरु आइरहेका छ्न ।

एउटा नेपालीले पाएको आफू बसेको देशको आइडि कार्ड सार्वजनिक रुपमा अनलाइन लिन्कमा पोस्ट गर्दा सो ब्यक्तिको कार्डको डाटालाइ दुरुपयोग गरि सम्बन्धित ब्यक्तिले ठूलो समस्या झेल्न पर्ने हुन्छ यस तर्फ किन एनआरएन नेतृत्व र अभियान्ताले चासो नदिने गरेको होला ?

यो पंङ्तिकारले यहाहरु बिच कार्ड दुरुपयोग को घटना पस्कन चाहन्छु । नाम तथा बिवरण उल्लेख नगर्ने शर्तमा युरोप को राजधानी बेल्जियम को एउटा वास्तविक घटना । ब्यापारिक प्रयोजनमा बैकिङ्ग प्रक्रिया मा काम गर्ने युरोपमा परिचित EMS नामको नेदरल्यान्ड को कम्पनि सङ्ग सरोकारवाला एजेन्सिको मान्छेले बैन्किङ्ग प्रक्रिया बारे छ्लफल गर्दाको क्रममा बिना जानकारी आइ डि कार्ड को मोबाइल बाट फोटो खिचेर लगि किर्ते कन्ट्याक्ट् पेपर र आइ डि मा भएको हस्ताक्षर किर्ते गरि दशौ हजार बैक कन्ट्याक्ट् बाट आउने रकम ठगि गरेको र सो बारे अहिले बेल्जियम पुलिस प्रसासन र अदालत मा किर्ते र रकम हिनामिना गरेको केश चलिरहेको छ ।

अब आफै भन्नुस हामिले आफू सङ्ग भएको आइ डि कार्ड को सुरक्षा कसरि होला ? यो गम्भीर चिन्ताको बिषय हो तर हामी कहिलेकाही हल्का रुपमा कसलाइ जिताउने कसलाइ हराउने ? एक छिनको रमाइलो खेलमा अनलाइन भर्ने , नाम आएन भन्दै मरिहत्ते गर्ने ? आफ्नो आइडिको सुरक्षा गर्ने कि नगर्ने ? हामिले पाएको आइ डि कार्ड , बैक कार्ड को कुनै सुरक्षा गर्नै नपर्ने यी यावत प्रश्न हामिले आफू माथी ल्याइरहेका छौ र समस्या निम्त्याइरहेका छौ । त्यति मात्र नभएर अनधिकृत ब्यक्ति लाई एनआरएनए को सदस्य बन्न र २ बर्षमा एक पटक भोट दिनका लागि खट्टे बाडेझै आफ्नो कार्ड को फोटो खिच्दै पठाउदै गर्ने कार्यले माथी उल्लेख गरेको यथार्थ घटना दोहोरिन सक्छ ।

यदि विश्वाश र कानुनी दायित्वको प्रतिबद्धता नभए सम्म यो बिषयलाई हल्का रुपमा लिइयो भने सरोकारवाला ब्यक्तिले भोलि जुन कुनै समस्यामा पर्न सक्छ । यस तर्फ सबै सतर्क र सजग बन्नै पर्छ । अर्को तर्फ स्मार्ट को नाममा ब्यक्तिको प्राइभेसी डाटा र यस बाट आउन सक्ने समस्याको हेक्का गैर आवासिय अन्तर्राष्ट्रिय समन्वय परिषद र मातहतका गैर आवासीय संघ राष्ट्रिय परिषदहरुले बेलैमा ध्यान दिन जरुरी छ ।

Leave A Reply

Your email address will not be published.