माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सोमबार टुंग्याउने

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सोमबार टुंगो लगाउने भएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले सोमबार पुनः बैठक बसेर यसबारेमा टुंगो लगाउने बताए । गठवन्धनमा सामेत कतिपय दलले सरकारमा सामेल हुने नहुने अझै निर्णय नभएकाले ढिला भएको उनको भनाइ छ ।

बैठकले माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक १० दिन पछि सार्ने निर्णय गरेको छ । साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय कमिटी सदस्यहरुलाई निर्देशन समेत दिएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै बैठकले भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए ।  

त्यस्तै बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा जानकारी गराएका थिए । माओवादी स्थायी कमिटी बैठक सोमबार पनि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.