क्रियाशील सदस्यता विवाद टुंग्याउन छानविन समितिलाई २४ घण्टा समय

0

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ ।

बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम पूरा गर्न जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

समितिले बिहीबारसम्म अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिने उनले बताए ।

नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पार्टी नेतृत्वसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।

त्यस्तै कांग्रेसले कोरोनाको अवस्थाको हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने भएको छ ।

प्रवक्ता शर्माले कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरुसँग पनि छलफल गरिने बताए ।

तर अहिले नै महाधिवेशनको कार्यतालिका परिवर्तनका सन्दर्भमा कुनै निर्णय नभएको उनको भनाइ थियो ।

बैठक बिहीबार दिउँसो २ बजे फेरि बस्ने प्रवक्ता शर्माले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.