सांसद पद जोगाइदिन माग गर्दै पूर्वमाओवादीका चार नेताद्वारा रिट दायर

0

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूले दल त्याग नगरेको बताएका छन् ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् ।

गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पत्रका आधारमा संसद सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरु परमादेशबाट सांसद पदमा पुनर्वहाली माग गर्दै अदालत गएका हुन् ।

सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकेको छ ।

Leave A Reply

Your email address will not be published.