पाचौ स्थापना दिवसमा नेपाली जन संपर्क समिति इजरायलले सम्झियो बिपीलाई

0

इजरायल (जिएनएन) – नेपाली जनसंपर्क समिति इजरायलले आफ्नो पाचौ वार्षिकोत्शब र ३९ औ बिपी स्‍मृति दिवस मनाएकोछ ।

मगलबार इजरायल स्थित तेलअबिब चिल्ड्रेन पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एबम संगठनका पूर्व कार्यबाहक अध्यक्ष डम्बर गुरुङले प्रवासमा रहेका नेपाली समुदायमा महिला नेतृत्वले अग्रणी स्थान लिने क्रममा नेपाली जनसम्पर्क समिति इजरायलले त्यो स्थान प्राप्त गरेको गरेकोमा खुशी ब्यक्त गरे ।

“नेपाली समुदाय यतिवेला विश्व भर फैलिएको छ, यसैक्रममा केहि नगन्य मात्रामा महिला नेतृत्वलाई अगाडी ल्याईएको छ, त्यसको एक उदाहरण यस इजरायल पनि भएको छ।” उनले नबनिर्बाचित महिला अध्यक्ष दिपिका भुसाललाई इङित गर्दै भने सबैलाई मिलाएर संस्थाको सशक्त अध्यक्षको भूमिका निभाउनु होला ।

कार्यक्रमलाई सम्बोधन गर्दै समितिकी सभापति दिपिका भुसालले माहिलाहरूको नेतृत्व कमि भईरहेको अवस्थामा नेपाली जनसम्पर्क समिति इजरायललाई आफ्नो नेतृत्वमा अगाडी बढाउन पाउनु समंग्र नेपाली समुदायको सफलता रहेको बताउंदै सभापति भुसालले कृतज्ञता व्यक्त गरेकी थिइन् ।

भुसाल ले भनिन, “जन सम्पर्क समिति हाम्रो घर हो र यस भित्र हामीले सबैलाई समेट्न सकौं भन्ने हेतुले यस कार्यक्रम आयोजना गरिएको हो।” भुसालले थपिन, “हामि राष्ट्रियता लोकतन्त्र र समाजवादका अनुयायी हौं र त्यसलाई सफल पार्नु हामी सबैको दायीत्व हो र यस प्रति आस्थावान सम्पूर्ण इजरायलवासी व्यक्तित्वहरूलाइ समेट्नु हाम्रो उदेश्य हो।”

भुसालले नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धि पछिल्लो अभिलेखमाथि टिप्पणी गर्दै भनिन्, “क्रियाशील आरक्षण कोटा ३३ प्रतिशत रहेपनि २२ प्रतिशत मात्र महिला सहभागिता हुनु दुखद कुरा हो, यसको जवाफ नेतृत्व पक्षले दिनु पर्छ।”

समितिका निवर्तमान सल्लाहकार भरत लामा, नेपालि कांग्रेस १४ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि सुर्य बहादुर राना, उपसभापति कटक श्रेष्ठ, महामन्त्री मात्रिका तिमल्सिना, सह महामन्त्री द्वय सुमित्रा दवाडी एवं सबिषा थापा, कोषाध्यक्ष विनिता बराम, कार्यसमिति सदस्य द्वय सोनाम हेल्मु एवं प्रेमा अधिकारी, प्रदेश नम्बर ३ कि प्रमुख प्रभा घिमिरे, क्रियाशील सदस्य उमा पौडेल लगाएतले सम्बोधन गरेको कार्यक्रमको सहजीकरण महामन्त्री माया खनालले गरेकी थिईन।

Leave A Reply

Your email address will not be published.