बालाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय

0

काठमाडौं : सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।​

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागू हुने गरी कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार साउन २५ देखि बिदामा बस्दैछन् ।

उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.