गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचन

0

काठमाडौं : सरकारले अघिल्लो सरकारले नियुक्त गरेका दुई वटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

यसअघि केपी ओली नेतृत्वको सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।

गुरुङ र शेरचनलाई सिफारिस गर्नुअघि मन्त्रिपरिषद्ले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुखहरुलाई हटाउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.