खड्क केसी एनआरएनए बेल्जियमको अध्यक्ष निर्बाचित

0

सनत आचार्य बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ ।

मतदानको क्रममा आन्तर्पेनमा भएको झडप पछि आईतवार बेलुकी शुरु गर्नु पर्ने मत गणना सोमवार मध्य रातबाट लुभेन शहरमा शुरु गरिएको थियो ।

पछिल्लो अवस्थाको शुक्ष्म अध्ययन पश्चात निर्वाचन आयोगले सर्बपक्षीय भेला गरी आन्तर्पेनमा पुन: मतदान नगर्ने र जे जति मतहरु खसेका छन् ती मतलाई नै मान्य हुने सर्बदलिय सहमति पश्चात उम्मेदवारहरु मत गणना गर्न राजी भएका थिए । त्यस्तै गणनाको अन्त्यमा केही थान च्यातिएका मतपत्रहरु समेत गणना भएको थियो ।
सबै उम्मेदवारको सहमति पछि स्थान परिवर्तन गरी कडा सुरक्षाका बीच मत गणना गरिएको थियो ।

मत परिणाम अनुसार स्वतन्त्र समाबेशी समुहका खड्गबहादुर केसी अध्यक्ष पदमा विजयी भएका छन् भने महासचिवमा लोकतान्त्रिक समाबेशी समुहका रमेश कडेल विजयी भएका छन् । केसीले स्वतन्त्र समाबेशी समुहको तर्फवाट नेतृत्व गरेका थिए भने उनी नेकपा एमाले निकट मानिन्छन् । महासचिबमा बिजयी कडेल माधब नेपाल समुह नजिकका मानिन्छन् ।
केसीले केहि स्वतन्त्र व्यक्तिहरुलाई आफ्नो समुहमा समाबेश गरी टिम तयार गरेका थिए ।

त्यस्तै पराजित अध्यक्ष सीपि भट्ट नेपाली काँग्रेस, नेकपा माओवादी, माधव नेपाल समुह र संघीय समाजबादी पार्टिद्धारा गरिएको लोकतान्त्रिक गठबन्धन समुहका हुन ।
मत गणना परिणाम अनुसार केसीले ८५५ र उनका प्रतिद्धन्दी सीपि भट्टले ६०९ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्ष पदकी अर्की प्रत्यासी अनुजा प्रधानले १६० मत प्राप्त गरेकी छिन ।
आईसीसी सदस्यमा रोशन जोशी (भिम) ले ७४४ र गंगाप्रसाद शर्माले ७१९ मत प्राप्त गरी विजयी भएका छन् । आईसीसिका प्रत्यासीहरु अर्जुन गुरुङले ६४६ मत र हरी भट्टराईले ६८२ मत प्राप्त गरेका छन् । विजयी जोशी र भट्ट लोकतान्त्रिक समाबेशी समुहका हुन भने पराजित स्वतन्त्र समाबेशी समुहका ।
त्यस्तै उपाध्यक्ष पदमा लाल गुरुङले ७१८ मत र तीर्थ धमता ६८६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्दी रमेश सापकोटाले ६८१ मत प्राप्त गरे भने अर्का काँसी दनैले ६६८ मत प्राप्त गरेका छन् । गुरुङ र धमला स्वतन्त्र समाबेशी समुहका हुन भने पराजीत लोकतान्त्रिक समाबेशी समुहका ।
महासचिबमा रमेश कँडेलले ७७६ मत प्राप्त गरी विजयी भएका छन् । कँडेलका प्रतिद्धन्दी जनक सुबेदीले ६४७ मत प्राप्त गरेका छन् । कँडेल लोकतान्त्रिक समाबेशी समुहका हुन भने सुबेदी स्वतन्त्र समाबेशी समुहका ।

त्यस्तै युवा संयोजकमा सर्वाधिक मत ल्याई राजेश केसी विजयी भएका छन । उनी स्वतन्त्र समाबेशी समुहका हुन । उनका प्रतिद्धन्दी हरी सिग्देलले ५०९ मत प्रात्त गरेका छन् ।
दुई सचिब मध्ये सुवास भट्ट र जगदीश सापकोटा बिजयी भएका छन् । भट्टले ७३७ मत र सापकोटाले ६९७ मत प्राप्त गरेका छन् । सचिबका अन्य प्रतिद्धन्दी रहेक रमेश दाहालले ५८४ र रुद्रमणी लम्सालले ५३८ मत प्राप्त गरेका छन् ।
भट्ट स्वतन्त्र समाबेशी समुहका हुन भने सापकोटा लोकतान्त्रिक समाबेशी समुहका ।
त्यसैगरी कोषाध्यक्षमा पुष्प नेपाल (लोकेन्द्र) बिजयी भएका छन् । नेपाल स्वतन्त्र समाबेशी समुहका हुन भने पराजीति कुमार जोशी (केदार) लोकतान्त्रिक समाबेशी समुह ।
त्यसैगरी सह कोषाध्यक्षमा बेनी ढुंगानाले ५५४ मत प्राप्तगरी बिजयी भएका छन् । उनका प्रतिद्धन्दी सुन्दर पौडेलले ४९२ मत प्राप्त गरेका थिए । ढुंगाना लोकतान्त्रिक समुहका हुन भने पौडेल स्वतन्त्र समुह ।
काँग्रेस खेमाकी अनुजा प्रधान स्वतन्त्र बागी उम्मेदवार बनेपछि केसीलाई चुनाव जित्न सजिलो भएको हो । यतिखेर संघको चुनावमा प्रधानलाईं नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधी निकट मानिने गंगाधर गौतमले उम्मेदवार बनाएको र सहयोग गरेको चर्चा बुल्जियम भित्र चलेको छ ।

Leave A Reply

Your email address will not be published.