राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

0

काठमाडौं : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त भएका छन् ।

पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको ।

यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा अघिल्लो पटक सरकार गठन हुँदा उनी योजना आयोगकै सदस्य थिए ।

यसैगरी आयोगको सदस्यहरुमा राम कुमार फुयाल र दिल बहादुर गुरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.