अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुई वटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र अर्काे प्रदेशमा तिलक परियारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुई वटा परेको छ । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले ओली सरकारले फेरबदल गरेका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको जानकारी दिए ।

माओवादीले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हेरफेर गर्ने पौडेलले बताए । 

Leave A Reply

Your email address will not be published.