एनआरएनए बेल्जियमको मतगणना सुरु हुने, परिणाम स्वीकार गर्न उम्मेद्वारहरु सहमत

0

गैर आबासिय नेपाली संघ बेल्जियमको आईतवार भएको मतदानका क्रममा एन्तवेरपेन मतदान केन्द्रमा भएको मतपेटिका नस्ट गर्ने प्रयासको बारेमा छानबिन समिति बनाइ छानबिन गर्ने गरि अबरुद्ध भएको निर्वाचन प्रकृयालाई स्वीकार गर्न अध्यक्ष पदका तीन जना उम्मेद्वारहरु सहमत भएका छन ।

आज भएको संघका केन्द्रिय उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ , निर्वाचन समिति संयोजक एबम केन्द्रिय सहकोषाध्यक्ष लोक दाहाल लगायत निर्वाचन समितिका पदाधिकारी, केन्द्रिय अनुगमन समिति सन्योजक जानकी गुरुङ, संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, गंगाधर गौतम , सुबाश जोशी लगायतको रोहबरमा भएको छलफलबाट मतदानको क्रममा भएको कमिकमजोरीको समिक्षा गर्दै बेल्जियमको नेपाली समुदायको एकता, मेलमिलाप र सहमतिको भाबनाको कदर गरेर मतपत्र गणना गर्ने र आएको परिणाम स्वीकार गर्ने सहमति भएकोछ ।

साथै छानबिन समितिले सत्य तथ्य बाहिर नल्याउदा सम्म एन्तवेरपेन क्षेत्रको मतपेटिका नोक्सान गर्न गरिएको कृयाको कुनै उम्मेद्वार र समुहलाई लक्षित गरेर आरोप नलागाइदिन पनि उम्मेद्वार लगायत उपस्थित सामाजिक अगुवहाँरुले बिशेष अनुरोध गर्नु भएकोछ । आईसीसी सदस्य सुबाश जोशीको सन्योजकत्वमा पूर्व आईसिसी सदस्य सरु चापागाई र सल्लाहकार प्रकाश पौडेल रहेको तीन सदस्यीय छानबिन समितीले २ हप्ता भित्र सत्यथत्य छानबिन गरि प्रतिबेदन सार्वजनिक गर्नेछ ।

मतदान पस्चातका बाँकी रहेका बिधि प्रकृया पुरा गरेर आजै मतगणना सुरु हुने निर्वाचन समितिका सदस्य सचिब शिव बरुवालले जानकारी गराउनु भएकोछ । मतदानको अन्तिम समयमा केही युबाहरुले मतदान अबरुद्ध गर्ने र मटेपतिका तोडफोडको प्रयास गरेका थिए, तर निर्वाचन समिति र उपस्थित अन्य ब्यक्तिहरुले सो प्रयास असफल बनाएका थिए ।

Leave A Reply

Your email address will not be published.