संघीयता खारेज गरौं, धर्मनिरिपेक्षताबारे जनमत संग्रह : रवीन्द्र मिश्र

0

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् ।

‘मार्ग परिवर्तन:विचारभन्दा माथि देश’ नामक दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव गरेका हुन् ।

साथै उनले धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।

दस्तावेजमा मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको,नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको उल्लेख गरेका छन् ।

दस्तावेजमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट धान्न सक्दैन भन्ने विज्ञ तथा सर्वसाधारणको कमी छैन भनी उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.