जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

0

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ ।

सोमबार निर्वाचन आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत सदस्यको सनाखतका आधारमा आयोगको पाँच सदस्यीय इजलासले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको हो ।

जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएर आधिकारीकता भने उपेन्द्र यादव पक्षलाई दिने इजलासले निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.