वर्तमान सरकार नहटेसम्म शान्ति कायम हुन सक्दैन : तालिबान

0

काठमाडौं : अफगानिस्तानका तालिवान विद्रोहीहरुले वर्तमान सरकार नहटेसम्म शान्ति कायम हुन नसक्ने बताएका छन् । शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हुनुपर्ने र राष्ट्रपति असरफ घानीले पद छोड्नुपर्ने माग उनीहरुले राखेका हुन् ।

तालिबानमा प्रवक्ता सुहेल शाहीनले वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकार बन्नुका साथै घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउने बताएका हुन् ।

तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकाधिकार नरहेको उनको भनाइ छ । शाहीनले विगतमा तालिबान नेतृत्वको सरकारलाई पनि असफल भनेका छन् ।

राष्ट्रपति घानीले देशमा शासन गर्ने अधिकार गुमाइसकेको तालिवानको भनाइ छ । अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूहहरु फिर्ता हुने क्रम जारी रहँदा अफगानिस्तानमा तालिबानले आफ्नो पकड विस्तार गर्दै लगेको छ ।

Leave A Reply

Your email address will not be published.