निर्मला पन्त हत्याको तीन वर्ष पूरा, घटना अझै रहस्यमै

0

काठमाडौं : कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी ते¥ह वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा भएको छ । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो ।

हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमै चर्चाको विषय बनेको निर्मला प्रकरणमा तीन वर्षको अवधिमा प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । प्रहरीले अहिलेसम्म घटनाको कुनै निचोडमा नपुगेको तर अनुसन्धान भइरहेको जनाएको छ ।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन तयार भएपनि ति कार्यान्वयनमा आउन सकेका छैनन् ।

अनुसन्धानमा खटिएका छ अधिकृत फेरिएपनि घटनामा सग्लनको पहिचान अझै हुन सकेको छैन । पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीले भने सफाइ पाइसकेका छन् ।

यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर सेठीले सफाइ पाएका हुन् ।

त्यस्तै प्रहरीहरू चाँदनी साउद, जगदीशप्रसाद भट्ट, रामसिंह धामी र हरिसिंह धामीले पनि सार्वजनिक न्यायविरुद्धको कसूर गरेको अभियोगबाट सफाइ पाएका हुन् ।

Leave A Reply

Your email address will not be published.