कांग्रेसको साउन १२ गतेका लागि तय वडा तहको अधिवेशन स्थगित

0

काठमाडौं : नेपाली कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । 

शनिबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले समय अभाव र कोरोना संक्रमणका कारण पूर्वनिर्धारित वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी वडा तहको अधिवेशनलाई स्थगन गर्ने सहमति भएको उनको भनाइ छ । 

उनले साउन १२ गते बिहान ९ बजे क्रियाशिल सदस्यता छानविन समितिले प्रतिवेदन हस्तान्तरण गर्ने र त्यसपछि मात्रै वडा तहको मिति तय गर्ने बताए । 

उनले अधिकांश क्रियाशिल सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको र प्रतिवेदन हस्तान्तरण गर्नुपूर्व सबै स्थानको क्रियाशील विवाद समाधान हुने दाबी गरे । 

बैठकमा पार्टी सभापति देउवाले क्रियाशील सदस्यता विवाद छिटो टुङ्ग्याउन निर्देशन दिएको उनले बताए ।

प्रवक्ता शर्माले आगामी भदौमा तोकिएको पार्टीको केन्द्रीय महाधिवेशन हुने बताए ।

Leave A Reply

Your email address will not be published.