इक्वेडरको दुई जेलमा भएका दंगामा परी आठ जना कैदीको मृत्यु

0

एजेन्सी : इक्वेडरको दुई जेलमा भएका दंगामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको छ । दंगामा परेर अन्य २० जना घाइते भएका छन् । घाइते हुनेमा केही प्रहरीहरु समेत छन् ।

इक्वेडर दक्षिणपश्चिमी प्रान्त गुआसमा रहेको जेलमा भएका हिंसामा कैदी मारिएका हुन् । दंगा एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको हो ।

इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले समय समयमा झडप हुने गरेको छ । गत फेब्रुअरीमा पनि त्यहा दुई जेलमा हिंसात्मक दंगा भएका थिए ।

देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.