एनआरएनए इटलीको अध्यक्षमा छबिलाल कंडेल, उपाध्यक्ष र सदस्यमा उम्मेद्बारीनै परेन ,

0

गैर आबासिय नेपाली संघ इटलीको अध्यक्षमा छबिलाल कंडेल निर्बिरोध निर्बाचित भएकाछन । निर्वाचन समितिमा अध्यक्ष पदमा कंडेलको उम्मेद्बारी परेकोले उनी निर्बिरोध निर्बाचित भएका हुन । बर्तमान उपाध्यक्ष कंडेल एनआरएन अभियानमा निरन्तर सकृय छन ।

त्यसैगरि उपाध्यक्षमा भुबन नियोग लिम्बु र महासचिबमा भाबेश सिंह पनि निर्बिरोध निर्बाचित भएका छन । सिंह बर्तमान समितिको पनि महासचिब हुन । एक जना उपाध्यक्षमा कुनै उम्मेद्बारी नपरेकोले पछि कार्यसमितिले मनोनित गर्नेछ ।

सचिबमा अशोक उप्रेती र कोषाध्यक्षमा दिर्घामाया मगर तथा युबा संयोजक श्याम खरेल र महिला संयोजक बीना मगराती पनि निर्बिरोध चयन भएका छन । सात जना सदस्यमा एक जना सिरज कार्की मात्र उम्मेद्बारी परेकोले निर्बिरोध भएका छ्न भने बाँकी ६ सदस्य पछि मनोनित हुनेछन । आइसिसी सदस्यमा राजन चापगाईलाई निर्बिरोध निर्बाचित गरिएकोछ।

उपाध्यक्ष लगायतका पदमा उम्मेद्बारी नपर्नु एनआरएनए इटलीको लागी राम्रो संकेत मानिएको छैन । काम भन्दा कुरा धेरै हुने र स्थानिय समस्याको समाधानमा एनआरएनएको भूमिका प्रभाबकारि हुन नसकेकोले संस्था प्रति आकर्षण घटेको एनसीसी इटलीका पूर्व सचिब रहेका पत्रकार रामहरि खकुरेलको भनाईछ ।

बाँकी पदमा इटलीबासी सबै नेपाली समुदायको प्रतिनिधित्व हुने गरी मनोनित गर्ने र संगठनको आन्तरिक संरचना बलियो बनाउने र युबाहरुलाई संगठनको भुमिकामा ल्याउने आफ्नो सक्दो प्रयास रहने नबनिर्बाचित अध्यक्ष कंडेलले बताउनु भएकोछ ।

एनसीसी इटलीमा जम्मा ३४५ पन्जिक्रित सदस्य छन ।

Leave A Reply

Your email address will not be published.