निर्वाचन आयोगले कार्यकारिणी समितिको सनाखतबाट जसपाको विवाद टुंग्याउने

0

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । 

बिहीबार बसेको आयोगको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दलको आधिकारिता विवाद समाधान गर्ने प्रयोजनका लागि कार्यकारिणी सदस्यलाई स्वयं उपस्थित हुन भनिएको उनले बताए ।

दल एकता हुँदा बुझाइएको कार्यकारिणी सदस्यहरुलाई परिचय खुल्ने कागजातसहित आयोगमा उपस्थित हुन इजलासबाट आदेश भएको श्रेष्ठले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो ।

उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ ।

Leave A Reply

Your email address will not be published.