माधव पक्षलाई ओलीको आग्रह : आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई माफी दिने बताएका छन् । 

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले नेपाल पक्षलाई लक्षित गर्दै बाटो बिराएर गएका पार्टीभित्रकै नेताहरुलाई आममाफी दिने बताएका हुन् ।

अध्यक्ष ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरे । उनले भने, ‘बाटो बिराएकाहरुलाई फेरि पनि भन्छु, पार्टीको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’ 

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्ने प्रस्ताव माधव पक्षसँग राखेका हुन् । उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

पुष्पलालले रोपेको विरुवा मर्न र ओइलाउन नदिन आफू लागिपरेको उनले बताए । एमाले सानो हावा चल्नेबित्तिकै पोखिने कर्कलाको पात वा ‘औंलो देखाउनेबित्तिकै कुहिने काँक्राको चिचिलो’ नभएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.