स्वास्थ्य मन्त्रालयले भन्यो- निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण फेरि बढ्यो

0

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर फेरि बढेको बताएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा खुकुलो भएपछि एक सातामा संक्रमण दर बढेको जनाएको हो ।

मन्त्रालयले अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।

अहिले १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको छ । त्यसैले मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.