जनजाती महासंघ बेल्जियमद्वारा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण

0

नेपालमा बढीरहेको कोरोनाको महामारीबाट भैरहेको मानविय क्षतिमा केही मात्रामा भने पनि कमि ल्याउन मद्धत पुर्याउन सकिन्छ कि भन्ने हेतुले आदिवासी जनजाती महासंघ आबद्ध ७ जातीय संगठनहरुको सहयोगमा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण गरिएकोछ ।

महासंघका केन्द्रिय अध्यक्ष जगत बराम एवं तमु ह्युल छोज धि गुरुङ रार्ष्ट्रिय परिषद केन्द्रिय अध्यक्ष रेशम तमु एवं जातीय अगुवाहरुको उपस्थितिमा गोर्खा जिल्लाको भिमसेन थापा गाउँ पालिकामा २ थान, गण्डकी गाउँ पालिकामा ३ थान र महासंघका पुर्व महासचिव आङ्ग काजी शेर्पा को उपस्थितिमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका १० स्थित टाप्टिङ्गमा १ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण गरेको जानकारी आदिवासी जनजाती महासंघ बेल्जियमका महासचिव श्री नन्दराज घलेले दिनु भयो ।

साथै यस अभियानमा साथ दिनु हुने महासंघसङ्ग आबद्ध सात जातीय समाजहरुलाई र सहयोगि सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.