एमालेले सोध्यो २२ सांसदलाई सपष्टीकरणा

0

काठमाडौं : नेकपा एमालेले माधव नेपाल समूहका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने गरी स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई बुधबार स्पष्टीकरण पत्र पठाइएको हो ।

५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन ।

स्पष्टिकरण पत्रमा उनीहरुलाई पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका आरोप लगाइएको छ ।

पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा सांसदहरुलाई पार्टीको साधारण सदस्यबाट किन निष्काशन नगर्ने भनेर सोधिएको छ ।

नेपाल पक्ष अनुपस्थित रहेको एमालेको केन्द्रीय कमिटी बैठकले देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

No description available.
Leave A Reply

Your email address will not be published.