एनआरएनए बेल्जियमका सबै महिला पद निर्बिरोध निर्बाचित

0

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि हुने निर्वाचनमा महिला पदहरुमा मनोनयन गरेका उम्मेद्वारहरु निर्बिरोध निर्बाचित भएकाछन । १८ जुलाईमा बेल्जियममा सामाजिक कार्यमा सक्रिय महिलाहरुको उपस्थितिमा भएको छलफलबाट उम्मेद्वारहरु बिचमा सहमति भएको थियो ।

सो सहमति अनुसार ब्यबस्थापन् गरिएका र अधिबेशनले केन्द्रिय बिधान अनुसार हुने गरी थप गरेका पद अनुसारको मनोनयन निर्वाचन समितिले स्वीक्रित गरेकोले ति पदमा निर्बिरोध भएको हो ।

महिला उपाध्यक्षको लागि उम्मेद्वार रहेका सुशिला खतिवडा र ईश्वरा शर्मा मध्य खतिवडा उपाध्यक्ष र शर्मा महिला सन्योजक भएकाछन भने महिला संयोजकका उम्मेद्वार साबित्री गिरी र सैलजा शर्मा कट्टेल मध्य गिरी महिला सचिब र कट्टेल महिला सहसन्योजक निर्बिरोध निर्बाचित भएका छन । त्यसै गरी लक्ष्मी सुबेदी, तारा बिष्ट पौडेल , पार्बता शर्मा, ज्ञानु बरुवाल र रबिना शर्मा सदस्य पदमा निर्बिरोध निर्बाचित भएका छन ।

आईसीसी पदका उम्मेद्वार बर्तमान उपाध्यक्ष हरी भट्टराई र अध्यक्ष पदका उम्मेद्वार बर्तमान आईसिसि सदस्य अनुजा प्रधान भने अन्य पुरुष उम्मेद्वारहरुसँग प्रतिष्पर्धा गरी रहनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.