इजरायलबाट व्यक्तिहरुको जासुसी गर्न विभिन्न देशले पेगासस सफ्टवेयर किनेको खुलासा

0

एजेन्सी : विभिन्न देशले शंकास्पद व्यक्तिमाथि जासुसी गर्न पेगासस नामको सफ्टवेयर इजरायलबाट किनेर प्रयोग गरिरहेको खुलासा भएको छ ।

इजरायलको कम्पनी एनएसओले बनाएको पेगासस सफ्टवेयरको प्रयोगबारे द वासिङ्टन पोस्ट, द गार्डीअन र ले मोन्डे सहित विश्वभरका १४ अन्य संस्थाहरूले एकसाथ खबर छापेका हुन् ।

पेगाससले आइफोन वा एन्ड्रोइड डिभाइसबाट मेसेज, तस्बिर र इमेल हेर्न अनि कल रेकर्ड गर्न र गोप्य रूपमा माइक्रोफोन चालु गर्न सहयोग गर्ने गरेको दाबी सो खबरमा गरिएको छ ।

विश्वभरका अधिकारकर्मी, पत्रकार, वकिल, उच्च तहका नेताहरुको जासुसी गर्ने उद्देश्यले यो सफ्टवेयर खरीद भएको दाबी खबरमा गरिएको छ ।

सो सफ्टवेयरबाट निगरानीमा राखिएकाहरूको सूचीमा सञ्चार संस्था एएफपी, सीएनएन, द न्यूयोर्क टाइम्स र अलजजीरा सहित कैयौँ समाचार संस्थाका झन्डै १ सय ८० पत्रकारहरू समेत रहेका छन ।

पेगाससमार्फत् भारत सरकारले ४० भन्दा बढी पत्रकारहरुको जासुसी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

इजरायलको कम्पनी एनएसओले भने आफूले गलत कार्य नगरेको जनाएको छ । उसले फोन राम्रो मानव अधिकारको अवस्था भएका देशहरूमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा आतङ्कवादी प्रति लक्षित गरेर प्रयोग गर्नका लागि उपलब्ध गराइएको दाबी गरेको छ ।

यस्तो फोन सेना, कानुन पालना गराउने निकाय अनि खुफिया निकायहरूलाई मात्रै उपलब्ध गराएको उसको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.