विश्वासको मत पाएसँगै देउवालाई मोदीको बधाई

0

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । विश्वासको मत पाएपछि मोदीले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।

देउवाले प्रतिनिधि सभामा १६५ सांसदको समर्थनसहित विश्वासको मत पाएलगत्तै मोदीले ट्वीटरबाट बधाई दिएका हुन् । साथै मोदीले देउवालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

देउवासँग मिलेर दुई देशको आपसी हितको पक्षमा काम गर्न तयार रहेको पनि मोदीले ट्वीटमा उल्लेख गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।

No description available.
Leave A Reply

Your email address will not be published.