‘अमेरिकाको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न पठाइने छैन’

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन् ।

बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरु अफगानिस्तानबाट फिर्ता भइसक्ने बताउँदै सो कुरा बताएका हुन् ।

युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडेनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन् ।

तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले पछिल्लो प्रतिक्रिया जनाएका हुन् ।

आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी रहेको उनले बताए ।

तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले यस्तो बताएपछि अफगानिस्तानको भविष्यलाई लिएर चासो बढेको छ ।

सन् २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आक्रमण भएपछि अमेरिकाले सोही वर्ष अफगानिस्तानमा सेना पठाएको थियो ।

अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि १ हजार अधिकारी भने अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षार्थ अफगानिस्तानमै बस्ने ठानिएको छ ।

Leave A Reply

Your email address will not be published.