चीनबाट ८ लाख डाेज भेराेसेल आइपुग्याे

0

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुगेको छ । चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको उक्त परिमाणको भेरोसेल खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज बिहान ल्याइएको हो ।


खोप लिनको लागि निगमको जहाज बिहीबार चीन गएको थियो । चीनबाट अब निरन्तर खोप ल्याइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले बताए । आजदेखि साउन ८ गतेसम्म तीन उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य छ । अहिलेसम्म आठ लाख ५१ हजार जनालाई दोस्रो मात्रा २६ लाख ११ हजार जनालाई पहिलो मात्राको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.