हाइटीका राष्ट्रपतिकाे हत्या संलग्नहरु प्रहरी नियन्त्रणमा

0

हाइटीको प्रहरीले राष्ट्रपति जोभनेल मोइसको हत्याविरुद्ध गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ । केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सुरक्षाकर्मीको कारवाहीमा मारिनेमध्ये एक जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ । तर प्रहरीले हत्याको कारण र योजनाकारबारे केही खुलाएको छैन ।

बुधबार बिहान आफ्नै निवासमा राष्ट्रपति मोइसको हत्या भएको थियो । उक्त घटनामा राष्ट्रपति मोइसकी श्रीमति मार्टिन गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनालगत्तै हाइटीका कार्यबाहक प्रधानमन्त्री क्लाउड जोसेफले विदेशीको संलग्नामा राष्ट्रपतिको हत्या भएको प्रतिक्रिया दिनुभएको थियो ।

यता, राष्ट्रपतिको हत्याको विरोधमा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले मुलुकमा शान्ति सुरुक्षा कायम गर्न असफल भएको भन्दै सरकारको विरोधमा नाराबाजी पनि गरेको समाचारमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.