एमाले कार्यदलको बैठक ठोस् छलफलबिनै सकियो

0

काठमाडौं : नेकपा एमाले कार्यदलको बिहीबार साँझ बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको छ । 

सिंहदरबारमा बुधबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल सहभागी नभएका कारण एजेण्डामा प्रवेश नै नगरी सकिएको हो । बैठक शुक्रबार ११ बजे पुन बस्ने नेताहरुले जनाएका छन् ।

बैठकपछि कार्यदलका सदस्य घनश्याम भुसालले पछिल्लो छलफलहरूबाट कुनै प्रगति हुन नसकेको बताए । उनले अनौपचारिक हिसावले तय भएका एजेण्डामाथि १० दिनदेखि खास प्रगति नभएको बताए ।

त्यस्तै कार्यदल सदस्य सुवास नेम्वाङले विवादित विषयमा छलफल र सहमतिको प्रयास जारी रहेको बताए । नेम्वाङले शुक्रबार बैठकले निश्कर्ष निकाल्नेमा आशावादी रहको धारणा राखे ।

यसअघि बिहीबार बिहान बसेको कार्यदल बैठकपछि नेताहरुले बिहीबार नै कार्यदलमा सहमति जुट्न सक्ने बताएका थिए । तर दिनभरीको आन्तरिक छलफलमा दुई पक्षबीच कुरा मिल्न नसकेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.