काठमाडौंमा विप्लव नेकपा निकट जनवर्गीय संगठनको प्रदर्शन

0

काठमाडौं : विप्लव नेतृत्वको नेकपाका पार्टी निकट संयुक्त जनवर्गीय संगठन र मोर्चाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले पटक पटक भएको मूल्य वृद्धि खारेज गर, कालाबजारी नियनत्रण गर, हत्या हिंसामा संलग्नलाई कारवाही गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले मुलुकमा महिला हिंसा, हत्या, बलात्कारका घटना नियन्त्रणमा संलग्नलाई कानूनी दायरामा ल्याउन ढिलाई भएको भन्दै सरकारबिरोधी नारा लगाएका थिए । त्यस्तै उहाले जनतालाई महङ्गी उपहार दिएर सरकार व्यापारि बनेको आरोप समेत लगाएका छन् ।

प्रदर्शनकारीले अहिलेको संसदीय व्यवस्था नै खराव भएको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने भनाइ राखेका थिए । प्रदर्शनमा सहभागीहरुले जनताको सवालमा सदैव खवरदारी गर्ने पनि बताए ।

Leave A Reply

Your email address will not be published.