भारतीय प्रधानमन्त्री मोदीले गरे मन्त्रिपरिषद हेरफेर, ४३ मन्त्री थपिए

0

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरिएको छ ।

कूल ४३ सदस्यीय मन्त्रिपरिषदमा १५ जनालाई मन्त्री र २८ जना राज्यमन्त्री बनाइएको छ । यसलाई मन्त्रिपरिषदमा भएको ठूलो फेरबदल भनिएको छ ।

मन्त्रिपरिषद सदस्यमा कतिपय नयाँ अनुहार पनि छन् । बुधबार सर्वानन्द सोनोवाल, नारायण राणे, ज्योतिरादित्य सिन्धियासहित १५ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

नयाँ मन्त्रीको शपथ ग्रहणभन्दा केही घण्टा अगाडि मात्रै स्वास्थ्य, शिक्षा, पर्यावरण, सूचना लगायतका १२ मन्त्रीहरुलाई पदबाट हटाइएको थियो ।

सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल पुनर्गठन गरिएको भन्दै मोदीले मन्त्रिमण्डल फेरबदलसँगै अब कार्यशैली पनि बदलिने बताएका छन् । नयाँ मन्त्रिमण्डलले नयाँ जोस र जाँगरका साथ काम गर्ने उनको दाबी छ ।

Leave A Reply

Your email address will not be published.