कोरोनाविरुद्धको खोप ल्याउन निगमको जहाज चीन जाँदै

0

काठमाडौं : कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्‍याउने छ ।

बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै असार ३१ तथा साउन ७ गते पुनः खोप ल्याउन चिन जाने तयारी छ । तर कति परिणाममा खोप आउँछ भन्ने अझै एकिन नभएको बताइएको छ ।

पहिलो खेप ल्याइसकेपछि मात्र नेपाल आएको खोपको मात्रा एकिन हुने छ । खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।

Leave A Reply

Your email address will not be published.