रुसमा २८ जना यात्रु सवार विमान दुर्घटना

0

एजेन्सी : रूसको सुदुर पूर्वी क्षेत्रबाट मंगलबार बिहान २८ यात्रु लिएर उडेको रूसी विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सवैको मृत्यु भएको छ ।

विमानमा छ चालक दलका सदस्यसहित २८ जना यात्रु रहेको अन्तराष्ट्रिय संचामाध्याम अलजजिराले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु सो विमानमा सवार थिए ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मंगलबार अपरान्ह रार्डरसँग सम्पर्क विच्छेद भएको थियो ।

रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महा–निर्देशनालयका सो विमानमा सवार अधिकांश पालानाका बासिन्दा थिए । रुसी सरकारले विमान दुर्घटनाको कारण खोजी गरिरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.