माओवादी केन्द्र खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

0

काठमाडौं : नेकपा एमाले प्रवेश गरेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।

बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापा सहितका नेताहरुले निवेदन दिएका हुन् ।

माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन् । उनीहरु केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए ।

माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजी माग गर्दै बुधबार आयोगमा निवेदन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका उनीहरु सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई अलग अलग गरेपछि एमाले प्रवेश गरेका थिए ।

Leave A Reply

Your email address will not be published.