अफगानिस्तानमा तालिबानले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरु विस्तार गर्दै

0

एजेन्सी : अफगानिस्तानका एक हजार भन्दा बढि सैनिक छिमेकी देश ताजकिस्तानमा विस्थापित भएका छन् । सीमा क्षेत्रमा तालिबान बिद्रोहीसँगको भिडन्तपछि ज्यान जोगाउन सैनिकहरु ताजकिस्तान गएका हुन् ।

आफ्नो ज्यान जोगाउन बाध्य भएर अफगान सैनिकहरु आफ्नो देश प्रवेश गरेको सीमा सुरक्षाका लागि खटिएका ताजकिस्तानको सुरक्षा बलले जनाएको छ ।

पछिल्ला महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् । तालिबानले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरु बिस्तार गर्दै लगेको छ ।

विशेष गरी देशको उत्तरी क्षेत्रमा पछिल्ला हप्ताहरुमा तालिबान बिद्रोही बलियो देखिएको छ । अमेरिका, बेलायतसहित नेटो सैनिकहरुले अफगानिस्तान छोड्न थालेसँगै तालिबानको गतिविधि सघन बनेको हो ।

२० वर्षको युद्धपछि अमेरिका तथा नेटो सैनिकको अन्तिम समूह फिर्ता हुने क्रममा छ । आउँदो सेप्टेम्बर ११ सम्म अमेरिकी सैनिकको फिर्ती प्रक्रिया पूरा हुने छ ।

यसैबीच सबै विदेशी सैनिकले आउँदो सेप्टेम्बरसम्म अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ ।

Leave A Reply

Your email address will not be published.