काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः एक साता थप्ने तयारी

0

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै पुनः एक हप्ता थप्ने तयारी गरिएको छ । 

निषेधाज्ञाबारे निर्णय लिन आइतबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ । 

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्णय भैनसकेको उनको भनाइ छ । अहिले चल्न दिइएका २५ भन्दा बढी  सिट भएका सार्वजनिक यातायातको जोरबिजोर प्रणाली संचालन गर्न दिने सम्भावना रहेको उनले बताए । पछिल्लो पटक सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । 

पसलहरु पनि खोल्न दिइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।

Leave A Reply

Your email address will not be published.