ट्युनिसियामा डुंगा डुब्दा ४३ आप्रवासीको मृत्यु

0

एजेन्सी : युरोप जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुब्दा ४३ जनाको मृत्यु भएको छ । ८४ जनाको ट्युनिसियाको नौसेनाले उद्दार गरेको छ ।

लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान लागेको डुंगा इन्जिन बिग्रिएपछि ट्युनिसियाको सीमा नजिक डुबेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकका नागरिकहरू सवार रहेको बताइएको छ । पछिल्लो समय इटाली हुँदै युरोप छिर्न खोज्ने आप्रवासी चढेको डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाउने गरेका छन् ।

मध्यपूर्व र अफ्रिकामा जारी द्वन्द्वका कारण गरिब मुलुकका नागरिकहरू ज्यानको बाजी लगाएर भूमध्यसागरबाट युरोप जान खोज्ने क्रम बढेको छ ।

Leave A Reply

Your email address will not be published.