एमालेका नेताहरुलाई मिल्न दबाब दिँदै जनप्रतिनिधिहरुको प्रदर्शन

0

काठमाडौं : नेकपा एमालेका नेताहरुलाई मिल्न दबाब दिँदै काठमाडौंको चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन् । शनिबार चन्द्रागिरिका एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि एमालेका नेताहरु एकतावद्ध हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

प्लेकार्डसहित प्रदर्शन गरेका उनीहरुले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन् ।

सिंगो एमाले हाम्रो चाहना, जनताको बहुदलीय जनवाद जिन्दवाद लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरुले एमालेलाई एकढिक्का बनाउन अब मुलुकभरिबाट दबाब दिनुपर्ने धारणा राखेका थिए ।

उनीहरुले अहिलेको अवस्थामा अध्यक्ष केपी ओली र माधव नेपाल लगायतका नेताहरु एक भएर अघि बढ्नुपर्ने बताए । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिहरु एमालेलाई एकढिक्का बनाउनका लागि दबाबमुलक कार्यक्रममा उत्रनुपरेको बताए ।

उनीहरुले एमालेलाई एकतावद्ध बनाउनका लागि हरसम्भव दबाब दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देशव्यापी बनाउने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.